‘कबड्डी ४’ मा मिरुना र गौमाया फाइनल

काठमाडौँ । चलचित्र ‘कबड्डी ४’का लागि नायिका मिरुना मगर र गौमाया यात्री फाइनल भएका छन् । मिरुनाले यसअघि नै केही नेपाली चलचित्रमा काम गरेकी छन् । नेपाली चलचित्रमा डेब्यु गर्न लागेकी गौमाया भने भ्लगर हुन् ।

यसअघि नै दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा फाइनल भइसकेका छन् । यस चलचित्रलाई कबड्डीको अन्तिम भाग बताइँदै आइएको छ ।

वैशाखबाट छायांकनको तयारीमा रहेको यस चलचित्र असोजको १५ गतेबाट प्रदर्शन गर्ने घोषणा गरिएको  छ ।

प्रतिक्रिया