पछिल्लो समय विकसित राजनीतिले देशलाई नै लज्जित बनायो : अध्यक्ष मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो समय विकसित राजनीतिले देश नै लज्जित हुनुपर्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । सोमवार पार्टीको सञ्चार तथा सूचना प्रविधि विभागको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले अहिलेको राजनीति जुन किसिमबाट अगाडि बढिरहेको छ, त्यो अत्यन्त निन्दनीय र लज्जास्पद भएको टिप्पणी गरे । ‘अहिलेको स्थितिमा पनि राजनीति जुन किसिमबाट अगाडि बढिरहेको छ, त्यो अत्यन्त निन्दनीय छ,’ अध्यक्ष मिश्रले भने, ‘यो देशको स्वाभिमानको हितविपरीत छ । योराष्ट्रहितविपरीत छ ।’

अध्यक्ष मिश्रले अहिले भइरहेको गतिविधि देशको स्वाभिमानको हितविपरीत भएको पनि बताए । उनले भने, ‘संविधानले तय गरे अनुरुप सु–संस्कृत रुपमा देशको सरकार परिवर्तन हुनुपर्छ भन्नेमा हाम्रो पाटीृ दृढ छ ।’ अध्यक्ष मिश्रले नेपालको राजनीति विगत ७० वर्षदेखि नै धरमराइरहेको टिप्पणीसमेत गरे । नेपालको लोकतन्त्रलाई संस्थागत गर्न ७० वर्षदेखि प्रयास भइरहेपनि अहिले पनि धरमराइरहेको स्थितिमा लोकतन्त्र रहेको बताए । ‘७० वर्षदेखि नेपालको राजनीतिमा निरन्तर देखिएको समस्या भनेको भ्रष्टाचार हो,’अध्यक्ष मिश्रले भने, ‘असक्षमता हो, सुशासनको अभाव हो । दूरदर्शीता अभाव हो । यी सबै अभावहरु र त्यसको साथमा समाजमा विद्यमान विभेद र सिमान्तकृतहरुले जस्ता किसिमका अधिकारहरुको उपभोग गर्न पाउनुपथ्र्यो तीनको अभावहरु प्mरि आफ्नो ठाउँमा छ । ७० वर्ष भइसक्यो नेपालमा लोकतन्त्रलाई संस्थागत गर्नको लागि प्रयास भइराखेको अहिले पनि हेर्ने हो भने लोकतन्त्र धर्मराएकै स्थितिमा हो । त्यो संस्थागत भइसकेको स्थितिमा होइन । यो नेपाली राजनीतिको विडम्बना हो । नेपाल जस्तो देशमा यति लामो अवधिसम्म राजनीति बदलिनु, बारम्बार बदलिनु, २० वर्षमा बिसौं सरकार बदलिनु तर आम नेपालीको अवस्था नबदलिनु सबैभन्दा दुःखद् पक्ष हो ।’

अध्यक्ष मिश्रले आफ्नो दलले देशभरका नागरिको सामाजिक जीवनको अधिकार, मर्यादाको अधिकार, शिक्षा स्वास्थ्यको अधिकार सुनिश्चित गर्न चाहेको पनि प्रष्ट पारे । यी विषयहरु सुनिश्चित नहुँदासम्म नेपालको राजनीति अस्थिर रहने पनि बताए । यस्तै देशभित्रै रोजगारी सिर्जना गर्नु चुनौतीपूर्ण विषय बनेको पनि अध्यक्ष मिश्रको भनाइ थियो । वैदेशिक रोजगारीका लागि सम्झौता हुँदा हात मिलाएर खुसी मनाउने मन्त्री र राजनीतिक दलहरुबाट देशभित्रै रोजगारी सिर्जना गर्ने कुराको कल्पनासमेत गर्न नसकिने बताए। भने– ‘रोजगारीको विषय यति महत्वपूर्ण छ । देशका नागरिकहरु बेच्नमा हामी गर्व गर्छौं । श्रम सम्झौता हुँदा हाँसीहाँसीकन मन्त्रीले हात मिलाएको फोटोहरु हामी सबैले देख्न पाउँछौं । त्यो त लज्जाको विषय हो नी । देशको श्रमशक्ति बेचेर अनि त्यसमा खुसी मनाउने त्यो होइन ।’

प्रतिक्रिया