अन्जु पन्तको ‘काँडा’ सार्वजनिक

काठमाडौँ  । गायिका अन्जु पन्तको स्वरमा ‘काँडा’ बोलको गीत सार्वजनिक भएको छ । बिन्दुप्रसाद अधिकारीको शब्द तथा नागेन्द्र श्रेष्ठको संगीतरहेको यस गीतको निर्देशन हीराकाजी थापाले गरेका छन् ।

त्यस्तै गौरव गिरीले कोरियोग्राफी गरेका छन् भने भिडियोलाई दीपक गिरीले छायाङ्कन गरेका छन् । श्याम कुँवरको सम्पादन रहेको भिडियोमा भद्रजङ्ग कुँवर, समीक्षा बस्नेत, सङ्गम पाण्डे र आरती आले मगरलाई फिचर्ड गरिएको छ ।

निर्मातासमेत रहेका हीराकाजी थापाले भिडियो निर्माण गरेका हुन् ।

प्रतिक्रिया