रिश्मा अभिनित ‘क्रसरोड्स’को छायांकन सुरू

काठमाडौँ । चलचित्र ‘क्रसरोड्स : कथा तिम्रो र मेरो’ को छायांकन प्रारम्भ भएको छ । प्रेम कथामा आधारित चलचित्रलाई अरविन्द राज गुरुङले निर्देशन गरेका छन् ।

चलचित्रको छायांकन नेपाल र भारतको दार्जिलिङ, सिक्किम र कोलकतामा हुनेछ । अरविन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्य रहेको चलचित्रमा रिश्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियाको अभिनय रहनेछ ।

‘द भ्वाइस अफ नेपाल’ बाट चर्चामा आएकी यान्की योल्मोको पनि स्वरसँगै अभिनय रहनेछ । चलचित्र चञ्चल थापाले खिच्दैछन् ।

प्रतिक्रिया