मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

विशाल राईको गीति सङ्ग्रह ‘सेन्मी’ सार्वजनिक

काठमाडौँ । गायन रियालिटी  शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को टप १० मा पुग्न सफल गायक विशाल राईको पहिलो गीति सङ्ग्रह ‘सेन्मी’ विमोचन गरिएको छ । कोभिड १९को बढ्दो सङ्क्रमणका कारण  र प्रविधिको सदुपयोग गर्दै भर्चुअल माध्यमबाट म्युजिक नेपालको स्टुडियोमा गीति सङ्ग्रह विमोचन गरिएको हो । सङ्गीतकार शुभ बहादुर सुनाम, सङ्गीतकार सुरेश अधिकारी, गायक तथा म्युजिक नेपालका बिजनेस हेड राजीव लोहनी र  गायक विशाल राईले संयुक्त रूपमा गीति सङ्ग्रह विमोचन गरेका हुन् ।  ५ वटा गीतहरू सङ्गृहीत एल्बममा सुरेश अधिकारीको एकल शब्द रचना र सङ्गीत रहेको छ भने महाराज थापाको सङ्गीत संयोजन रहेको छ ।

‘नारी’ गीतको म्युजिक भिडियो समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो । दर्शकहरूले कार्यक्रमलाई म्युजिक नेपालको युट्युब च्यानल मार्फत प्रत्यक्ष हेरेका थिए । सो कार्यक्रममा गायक विशाल राईले  एल्बममा समावेश गीतहरू लाइभ गाएर दर्शकहरूलाई मनोरञ्जन गराए ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com