हाउजेको आठौं शोरुम इलाममा खुल्ने

काठमाडौं । कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरू भित्र्याएको छ ।

डिलर र सर्भिस सेन्टर विस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बिक्री वितरण गरिरहेको कम्पनीले जनाएको छ ।

हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको बताएको छ ।

इन्डोनेसिया र अन्य देशमा यी बाइक निकै नै लोकप्रिय छ । एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको बताइएको छ। रोड र अफरोड दुवैका लागि यो बाइक राम्रो रहेको कम्पनीले बताएको छ ।

यसको मूल्य ३ लाख ९५ हजार रुपैयाँ पर्छ । बाइकको फिचर र विशेषताअनुसार सस्तो मूल्यमा हाउजेका बाइक नेपाली बजारमा उपलब्ध छन् ।

रेड, ब्ल्याक र ह्वाइट गरी ३ कलारमा बाइक उपलब्ध छन् । हाउजेको टिआर १५० बाइक तथा भिएस १२५ स्कुटर पनि नेपाली बजारमा उपलब्ध छन् ।

टिआर १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ पर्छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्री सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्ट्ससमेत सर्वसुलभ मूल्यमा उपलब्ध हुने कुरा कम्पनीले बताएको छ ।

डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ ।

हाउजेको एनके १५० बाइकमा नयाँ कम्पोजिट मेटरियल क्यारियरको रुपमा प्रयोग गरिएको छ । त्यसैगरी यसमा प्रयोग गरिएको एलसीडी डिस्प्लेमा विभिन्न जानकारी प्राप्त गर्न सकिन्छ ।

यसको इन्धन ट्यांकीको क्षमता साढे १२ लिटरको छ । बाइकमा भएको १४९.२ सीसीको इन्जिनले ८.८ किलोवाट पावर र ११.६ एनएम टर्क जेनेरेट गर्छ ।यसमा फाइभ स्पिड गियरबक्स उपलब्ध छ ।

यसको मूल्य ३ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । नगदमार्फत् खरिद गर्न चाहने ग्राहकले सिधै १० हजार रुपैयाँको छुट पाउने र एक्सचेन्ज गर्न चाहनेका लागि सो सुविधासमेत उपलब्ध छ ।

त्यसैगरी फाइनान्समा समेत बाइक खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

कमलपोखरीस्थित कृष्ण पाउरोटीको विपरित दिशामा पहिलेको सुजुकी सोरुममा हाउजेको सोरुम उपलब्ध छ । त्यसैगरी काठमाडौं उपत्यकाको टेकु र नयाँ बजार, चाबहिलमा हाउजेको सोरुम छ ।

उपत्यकाबाहिर चितवन, हेटौँडा र संखुवासभामा यसको सोरुम उपलब्ध रहेको बताएको छ ।

यहि क्रममा आठौं शोरुम  पूर्वको इलाम नगरपालिक- ९ सिलिखानमा प्रेम राइले नयाँ शोरुम संचालनमा ल्याउने जनाएको छ । शोरुम चैत २७ गते उदघाटन हुने हाउजेको बिजनेश हेड प्रमिला खत्रीले जानकारी दिइन् ।

प्रतिक्रिया