कर्णाली प्रदेश : विपक्षी एमालेका मन्त्रीहरुले राजीनामा दिने

काठमाडौं । कर्णाली प्रदेशमा रहेका विपक्षी एमालेका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकमा मन्त्रीहरुले राजीनामा दिने प्रतिबद्धता जनाएका हुन् ।

यसअघि सत्तापक्षीय एमालेका सांसदहरु मात्रै सहभागी दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसँगै मन्त्रीहरुलाई सरकारबाट बाहिरिन निर्देशन दिएको थियो । त्योताका विपक्षी एमालेले भने समर्थन कायमै रहेको बताएको थियो ।

४० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको दल माओवादी केन्द्रका १२ सांसद छन् ।

प्रतिक्रिया