निताको ‘श्रीमद्भागवत गीता’ मा पुष्पनको सङ्गीत

काठमाडौँ । निता ढुङ्गानाले निर्माण तथा निर्देशन गर्न लागेको वेब सिरिज ‘श्रीमद्भागवत गीता’को औपचारिक घोषणा गरिएको छ । वेब सिरिजको घोषणासँगै यसको साङ्गीतिक टिम पनि सार्वजनिक गरिएको छ । निता फिल्मसको दोस्रो प्रस्तुतिको रूपमा निर्माण हुन लागेको सिरिजमा शीतल गिरीको शब्द, पुष्पन प्रधानको सङ्गीत तथा स्वर रहनेछ ।

नायिका ढुङ्गानाले नेपालमा पहिलो पटक बन्न लागेको ‘श्रीमद्भागवत गीता’को सिरिजमा महाभारतको कृष्ण र अर्जुनको पाटो मात्र समावेश हुने बताइन् । गीतामा रहेका ७०० श्लोकबाट ४५ भागको सिरिज निर्माण गर्ने उनको तयारी छ ।

कोरियोग्राफी रामजी लामिछानेले गर्नेछन् भने वनिष शाह सम्पादकको रूपमा रहेका छन् । कार्यक्रममा बोल्दै सङ्गीतकार पुष्पन प्रधानले गीताको सार अनुसार सङ्गीत तयार पार्ने बताए ।

प्रतिक्रिया