सांसद जानकीदेवीले लिइन् शपथ

काठमाडौं । नेकपा एमालेकी सांसद जानकीदेवी रामले प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गरेकी छन् । प्रतिनिधि सभा सदस्य सानु शिवाको निधनपछि रिक्त रहेको पदमा राम निर्वाचित भएकी हुन् ।

राम प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह (दलित)बाट निर्वाचित भएकी हुन् । उनलाई सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसो सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रतिक्रिया