‘भात खाएर हो’ भिडियो सार्वजनिक

काठमाडौं । ‘पिच रोड’ र ‘घाममा सुकाइदेऊ’ गीतको युगल गायनमा सफल मानिएको जोडी समीर आचार्य र  विद्या तिवारीको नयाँ गीत ‘भात खाएर हो’ सार्वजनिक भएको छ । समीर कै शब्द सङ्गीत र श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडियोमा अस्ट्रेलियामा रहेको चर्चित डान्स क्रु ”द नेक्ट”को नृत्य रहेको छ । भिडियोलाई एस स्टडी वर्ल्डले निर्माण गरेको हो । भिडियो निर्देशन अभियान थापाले गरेका हुन् ।
https://youtu.be/dj-ItDXJ-yo?t=128
प्रतिक्रिया