वर्षा अभिनित ‘ए साथी सुन’ इन्ड क्ल्याप

काठमाडौँ । चलचित्र ‘ए साथी सुन’ को छायाङ्कन सकिएको छ । छायाङ्कन सुरु भएको १६ दिनमा नै सकिएको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रको गीत भने बाँकी रहेको मुख्य कलाकार वर्षा शिवाकोटीले जानकारी दिइन् ।

इभान इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा विना कार्कीको निर्माणमा बनेको चलचित्रमा वर्षासँग डेब्यु कलाकार रमेश बानियाँको जोडी बाँधिएको छ । अन्य कलाकारहरू जयनन्द लामा, सुशील पोख्रेल, रमेश अधिकारी, प्रतीक्षा शाह चन्द, सुभाष शाहलगायत छन् । चलचित्र राम राघव आचार्यले निर्देशन गरेका हुन् ।

सुदिप कुँवरको मुख्य सहायक निर्देशन रहेको चलचित्रको छायाङ्कन मानकृष्ण महर्जनले गरेका हुन् । चलचित्रमा किरण भुजेल र अन्जु पन्तको पार्श्व गायन छ । चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी र कुमार महर्जनको द्वन्द्व निर्देशन छ ।

प्रतिक्रिया