लिजाको ‘दल छ देश छैन’ सार्वजनिक

काठमाडौँ । लिजा लामाको स्वरमा रहेको ‘दल छ देश छैन’ गीत सार्वजनिक भएको छ । दीपक रमनको सङ्गीत र चन्द्र लाल तामाङको शब्द रहेको गीतमा सञ्जय हमालको सङ्गीत संयोजन छ । देशप्रतिको प्रेम भाव बोल्ने भिडियोमा गायिका लामा स्वयं फिचर छिन् । श्याम बान्तवा राई, रत्नमान लामा, हृदय श्रेष्ठ, मान बहादुर थापा, सरस्वती घिमिरे, नारायण घिमिरे, मिना महर्जन, सुवास सिलवाल, कल्पना घिमिरे, सरोज खड्का र अमित तुलाधरको पनि भिडियोमा अभिनय रहेको छ । भिडियोलाई राजु लामाले निर्देशन गरेका हुन् । मोहन अभिलाषीको छायाङ्कन रहेको भिडियोलाई सौखिन तिमल्सिनाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया