ट्रेलर सार्वजनिक गर्दै ‘गुड फ्रेन्ड’ को नयाँ प्रदर्शन मिति तय

काठमाडौँ  । चलचित्र ‘गुड फ्रेन्ड’ चैत २७ गतेबाट प्रदर्शन हुने भएको छ । चैत २०बाट प्रदर्शन हुने भनिएकोमा चलचित्रको ट्रेलर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति परिवर्तन गरेको हो । यो सँगै चलचित्र अर्को चलचित्र ‘श्री’ सँग बक्स अफिसमा भिडन्त गर्ने पक्का भएको हो ।

समसामयिक प्रेमकथामा आधारित एक्सन प्रधान चलचित्रमा पम्फा बर्मा र फारुबी बर्माको निर्माण रहेको छ । बिजी बर्मा फिल्मस् प्रालिको लागि वसन्त बर्मा प्रस्तुत कर्ता रहेको चलचित्रमा मुकेश ढकाल, सविना कार्की, एलबी कटुवाल, वसन्त बर्मा, राजन महर्जन, पूजा महर्जन, राज सिंह लगायतको अभिनय रहेको छ ।

प्रदीप खड्काको द्वन्द्व रहेको चलचित्रमा सङ्गीत ध्रुव बिश्कोले गरेका हुन् । नृत्य निर्देशनको जिम्मा अजय स्याङ्तान र राजन महर्जनले सम्हालेका छन् भने निर्देशन राजबहादुर सानेले गरेका हुन् ।  छायाङ्कन केशव अधिकारी र सरोज महर्जनको रहेको छ ।

प्रतिक्रिया