यशराजको ‘मसान घाट…’ सार्वजनिक

काठमाडौँ । राजन बिसी तथा सुनिता खड्काको स्वरमा गीत ‘मसान घाट…’ सार्वजनिक भएको छ । सुनिता खड्काको शब्द रचना रहेको गीतलाई राजन बिसीले सङ्गीतबद्ध गरेका हुन् । करिब १५ मिनेट लामो गीतलाई गीति कथाको रूपमा चित्रण गरिएको छ । भिडियोमा यशराज गराच मुख्य भूमिकामा छन् । गराचलाई सुनिता खड्का, शैलेश पहारी, सुजन पहारी, सुप्रिया लिम्बु आदिले साथ दिएका छन् ।

भिडियोमा हेलराज जैसी, जोयल श्रेष्ठ, मधु राई, रमेश सुना, रिता लिम्बु, तुलसीराम अवाल, रिता पहारी, रमेश पहारी, अम्बिका नगरकोटी, गृष्मा क्षेत्री, निर्मला लिम्बु, सूर्य ओली लगायत कलाकारले पनि अभिनय गरेका छन् ।

पदम सुनारले भिडियोलाई सम्पादन तथा रङ्ग संयोजन गरेका छन् । भिडियोलाई मुकेश हुमागाईँ तथा उनको समूहले छायाङ्कन गरेको हो । केशवराज भट्ट यो भिडियोका कोरियोग्राफर हुन् भने शैलेश पहरीको कथा, अवधारण तथा निर्देशन रहेको छ ।https://youtu.be/QbNdPkexPg0?t=41

प्रतिक्रिया