‘प्रेमगञ्ज’ चलचित्रको मुख्य भूमिकामा बेनिशा र तेज

काठमाडौँ । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको चलचित्र ‘प्रेमगञ्ज’ का लागि मुख्य भूमिकामा बेनिशा हमाल र तेज गिरी पक्का भएका छन् । मुक्तिनाथ विकास बैङ्कका जागिरे तेजले यही चलचित्रबाट डेब्यु गर्न लागेका हुन् ।
बेनिशा भने रास्ट्रिय पुरस्कार विजेता कलाकार हुन् । त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र परिच्छेद सेनले निर्देशन गर्दै छन् । सञ्जय लामा यो चलचित्रका छायांकार हुन् । स्पट ब्वाईको रूपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेका यो चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन् ।
यसअघि नै चलचित्रका लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छनोट गरिएको छ । चलचित्रमा शिशिर राणा, रश्मि भट्ट, पवन भट्टराई, सन्जोग रसाइली लगायत कलाकारले समेत अभिनय गर्दै छन् ।
प्रतिक्रिया