सबै निर्वाचन क्षेत्रमा सडक शिलान्यास गर्दै प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै निर्वाचन क्षेत्रमा एकैपटक सडकको शिलान्यास गर्दैछन् । ओलीले बिहान ११ बजेपछि बालुवाटारस्थित निवासबाटै निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम शिलान्यास गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हरेक निर्वाचन क्षेत्र (१६५ वटै)मा एकरएक वटा सडकको दरले शिलान्यास गर्न लागिएको हो । ओलीले स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्ने छन् । सडक तीनवर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिसमा सडक तय गरिएको हो ।

प्रतिक्रिया