यातायात मजदुरबीच झडप, १ को मृत्यु

काठमाडौं । जाजरकोटमा यातायात मजदुरबीचको झडप हुँदा एक जनाको ज्यान गएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद अधिकारीले मकालु खबरलाई दिएको जानकारीअनुसार बिहीबार राति १२ बजे उनीहरुबीच बारेकोट गाउँपालिका–२, लिम्सामा झडप हुँदा नलगाड नगरपालिका–४, का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको हो ।

‘हिजो रातिको घटना हो यो,’ प्रजिअ अधिकारीले भने, ‘के विषयमा झपड भयो भन्नेबारे थाहा भएको छैन ।’ यस्तै झडपका क्रममा नलगाड–४, कै सुजन कार्की र विकास रावल घाइते भएका छन् । घटनामा संलग्नको आरोपमा ६ जनालाई पक्राउ गरिएको पनि अधिकारीले बताएका छन् । ‘६ जनालाई पक्राउ गरिएको छ,’ प्रजिअ अधिकारीले भने, ‘अहिले अनुसन्धान भइरहेको छ ।’

उनको शव बारेकोटकै देउलस्थित खोलामा शुक्रबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ । बुझिएअनुसार जाजरकोट–डोल्पा यातायात समितिका मजदुरबीच गाडीको रुटको विषयमा विवाद भएको थियो ।

प्रतिक्रिया