वायु प्रदूषणमा सरकार उदासीन रहेको भन्दै प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । वायु प्रदूषणलाई नियन्त्रण गर्न सरकार उदासीन रहेको भन्दै नेपाल नामक समूहसँग आबद्ध युवाहरूले प्रदर्शन गरेका छन् ।

शुक्रबार सिंहदरबारको पश्चिम गेट अगाडि दिनहुँ बिग्रँदो वातावरण सुधार गर्न सरकारलाई दबाब दिने उद्देश्यले उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

निषेधित क्षेत्रमा प्रदर्शन भएको भन्दै प्रदर्शनकारीले प्लेकार्ड झिक्नासाथ प्रहरीले उनीहरूलाई तितरबितर बनाएको थियो ।पटकपटक गरेर ११ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यहाँको सुरक्षा व्यवस्था कडा बनाउदै प्रहरीले बाटोमा हिँड्ने सर्वसाधारण युवाहरूको झोलासमेत खानतलासी गरेको थियो ।

प्रतिक्रिया