राष्ट्रिय जनगणनाको तयारी तीव्र

काठमाडौं । राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्यांक विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ ।

समितिले गणकलाई प्रत्येक घरदैलोमा पुुगेर वास्तविक तथ्यका आधारमा तथ्यांक संकलन गर्ने कार्यमा कुनै कमी कमजोरी हुन नदिन आयोग र विभागको गम्भीर ध्यानाकर्षण गराएको छ । सरकारले आगामी जेठ २५ देखि असार ७ गतेसम्म बाह्रौं राष्ट्रिय जनगणना गर्दैछ ।

समितिको आजको बैठकमा सदस्यहरुले खासगरी बसाइँसराइ र विभिन्न पेशा व्यवसायमा संलग्न हुने सिलसिलामा शहर र विदेशमा जाने नागरिकको दोहोरो गणना हुनसक्ने सम्भावनालाई समयमै होस् पुुर्‍याउन सुुझाव दिए ।

जनगणनामा शिक्षा, पेशा, बसाइँसराइका अतिरिक्त विदेशमा रहेका नेपाली र नेपालमा रहेका विदेशीको पनि गणना हुन आवश्यक रहेको बताउँदै उनीहरुले सही तथ्यांक सङ्कलन गर्न गणकहरु प्रत्येक घरमा पुुगे/नपुुगेको अनुुगमन गर्ने प्रणालीसमेत आवश्यक रहेको उल्लेख गरे ।

जनगणनाको स्थलगत तथ्यांक संकलन गर्न ३९ हजार गणक तथा आठ हजार सुपरिवेक्षक परिचालन गरिने सो अवसरमा जानकारी दिइएको थियो ।

सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षताको संस्थागत विकास गर्ने बलियो आधार जनगणना भएको हुुँदा सही तथ्यांक संकलन गर्न सक्नुपर्छ भन्दै सदस्यहरुले सामाजिक रुपान्तरणका लागि कुुप्रथाको जड र केन्द्रबिन्दुु मानिएका विषय पत्ता लगाउने गरी सदस्यहरूले फारम विकास गर्न सुुझाव दिए ।

सदस्यहरूले कर र राजस्वलगायतका कारणले सही सूचना नदिने पाटोमा सुधार गर्दै जनगणनामा सबैलाई सहभागिताका लागि प्रेरित गर्न सुझाव दिए ।

नेपालले प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । प्रत्येक वर्ष असार ८ गतेलाई जनगणना दिवसका रुपमा मनाउने गरिन्छ । यस वर्षको जनगणनाको मूूल नारा ‘मेरो गणना : मेरो सहभागिता’ रहेको छ ।

योजना आयोगका सदस्य डा रामकुुमार फुुयाँलले राष्ट्रको विकास र समृद्धिको अभियानलाई अघि बढाउन ठिक तथ्यांक आवश्यक पर्ने भएकाले राष्ट्रिय जनगणनामार्फत सही तथ्यांक संकलन गर्न आयोगले भगिरथ प्रयत्न गर्ने दृढता व्यक्त गरे ।

तथ्यांक विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले स्थानीयवासीलाई प्रोत्साहन गर्न रोजगारमा संलग्न नभएका युवायुुवतीलाई प्राथमिकता दिने उद्देश्यले दरखास्त आह्वान गरी गणक परिचालन गर्न लागिएको बताए ।

उनले भने, ‘युवालाई गौरव बोध होस् भन्ने हेतुुले विगतमा ९८ प्रतिशत शिक्षक परिचालन गर्दै आएकोमा यसपटक ठिक विपरीत सोही प्रतिशत युुवालाई गणनामा सहभागी गराउने व्यवस्था गरिएको छ ।’

शहरमा रहेका उच्च वर्गको तुुलनामा कम साक्षरता भए पनि दूरदराजका जनताले वास्तविक तथ्यांक उपलब्ध गराएर सहयोग पुुर्‍याएको विगतको अनुुभव सुनाउदै महानिर्देशक श्रेष्ठले समाजका सबै तह र तप्कालाई राष्ट्रिय जनगणनामा सहभागी भई सहयोग पुुर्‍याउन अपिल गरे ।

प्रतिक्रिया