मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

भारतमा कोरोना संक्रमितको संख्या एक करोड २१ लाख नाघ्यो

नयाँ दिल्ली । भारतमा गत २४ घण्टामा थप ५३ हजार ४८० जनामा कोरोना संक्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख ४९ हजारभन्दा बढी पुगेको छ ।

सो अवधिमा कोरोना भाइरस संक्रमणबाट ३५४ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या एक लाख ६२ हजार ४६८ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

कूल संक्रमितमध्ये पाँच लाख ५२ हजार ५६६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ३४ हजार ३०१ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड ३० लाखभन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड ३६ लाख ७२ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ ।

मंगलबार एकै दिनमा दश लाख २२ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com