विश्वासको मत लिन मुख्यमन्त्री शाहीलाई पत्र

काठमाडौँ । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिनका लागि ध्यानाकर्षण गराएका छन् । नेकपा एमाले संसदीय दलले दिएको समर्थन फिर्ताबारे ध्यानाकर्षण गराउँदै विश्वासको मत लिन भनिएको हो ।

एमालेले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन चैत ४ गते फिर्ता लिएको थियो । तर माधव कुमार नेपाल समूहमा रहेका केही प्रदेशसभा सदस्यहरुले भने समर्थन कायमै रहेको बताएका थिए । अहिले एमाले र माओवादी ब्यूतिएछि दुवै दलले एक अर्कालाई दिएको साथ र समर्थन फिर्ता लिँदै आएका छन् ।

हेर्नुहोस् पत्र :-

प्रतिक्रिया