एक वर्षमा ३२३ विदेशी नागरिक नेपालबाट निकाला

काठमाडौं । नेपालबाट सन् २०२० मा ३२३ जना विदेशी नागरिक देश निकाला भएका छन् । विभिन्न प्रयोजनका लागि नेपाल भित्रिएर गैरकानुनी रुपमा बस्दै आएका ३२३ जना विदेशीलाई निष्काशन गरिएको अध्यागमन विभागले जनाएको हो ।

फागुन महिनामा मात्र १३६ जना विदेशी नागरिकलाई देश निकाला गरिएको विभागका प्रवक्ता टेकनारायण पौडेलले जानकारी दिए ।

सन् २०२० मा देश निकाला गरिएका ३२३ मध्ये सबैभन्दा धेरै २२६ जना चीनका नागरिक छन् । बाँकीमध्ये १८ जना बंगलादेश, ८ जना अमेरिका, ७ जना इरान, ७ जना भियतनाम, ६ जना पाकिस्तान, ६ जना भुटान, ५ जना रिपब्लिक कोटडिभोरे, ५ जना यमन, ३ जना नाइजेरिया, ३ जना पपुवा न्यूगिनी, २ जना जर्मनीका नागरिक रहेको प्रवक्ता पौडेलले जानकारी दिए । बाँकी २७ जना रोमानिया, रसीया, सोमालिया, स्विजरल्याण्ड, आइल्याण्ड र बेलायतका नागरिक छन् ।

निष्काशन गरिएकामध्ये ९२ जनालाई भिसा अवधिभन्दा धेरै समय नेपालमा बसेको विभागले जनाएको छ । यस्तै १६४ जना भिसाविपरीत कार्यमा संलग्न, १३ जना शंकास्पद राहदानी, ९ जना लागूऔषध, ८ जना नक्कली राहदानी, ३ जना आन्दोलनमा सहभागी, २ जना चोरी, ३ जना जाली नागरिकता, २ जना जाली भिसा, ३ जना मानव बेचबिखन, २ जनालाई सुन तस्करीको कसुर लागेको थियो ।

बाँकी नक्कली रुपैयाँ बोकेको, अभद्र व्यवहार, राजस्व चुहावट, बैकिङ कसुरमा देश निकाला भएको पनि प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रतिक्रिया