फ्लोरमा चलचित्र ‘अभियान’

काठमाडौँ । चलचित्र ‘अभियान’ को छायाङ्कन सुरु भएको छ । सुनसरीको एक गुम्बामा आइतबार मुहूर्त गरिएको चलचित्रको छायाङ्कन आज मङ्गलवारबाट सुरु भएको हो ।

ऐतिहासिक तामाङ थाक थलो (किपट)को कथामा बन्न लागेको चलचित्रमा जय नन्द लामा, दिनेश कोइराला, कुमार मोक्तान, दावा फिन्जो तामाङ, श्याममाया तामाङ, चाँदनी मोक्तान, आश्मान वाइबा तामाङ, नितेश जङ्ग खत्री, जनक बमजन तामाङ, मदन राई र कुमारी मेयाङ्बो मुख्य भूमिकामा रहेका छन् । चलचित्र रसुवा, काभ्रे, हिले, उत्तर पानी, मुडे र इलाममा खिचिने छ ।

लाखमान योञ्जन तामाङको निर्देशन रहने चलचित्रमा सुमन तामाङको छायाङ्कन, हेमन तामाङको सम्पादन, जोनी योञ्जन, कुन्दन राई, छेवाङ योञ्जन तामाङको सङ्गीत र सुरज रौनियारको गीत रहनेछ ।

प्रतिक्रिया