चलचित्र ‘लाइफ इन एलए’ बन्ने

काठमाडौँ । सूर्य एन श्रेष्ठको निर्देशनमा चलचित्र ‘लाइफ इन एलए’ बन्ने भएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरेको हो । अप्रिल पहिलो साताबाट अमेरिकाको लास एन्जलसबाट छायाङ्कन सुरु हुने चलचित्रको निर्माण टिमले पोस्टर सार्वजनिक गरेर निर्माण घोषणा अग्रेको हो  । नेपालमा भने चलचित्र पोखरा र एलएमा खिचिने छ । चलचित्र अमेरिकामा बसोबास गर्ने नेपालीको सङ्घर्षको कथामा आधारित छ ।

बाश इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा अकेशा विष्ट, बास विष्शु, जरेद बिल्लुप्स, साम भुजेल, आयुस केसी र विशाल ढकालको अभिनय रहनेछ । चलचित्रका कार्यकारी निर्माता संसार ए सुवेदी हुन् । राजेन्द्र ठकुराठी निर्माता रहेको चलचित्रमा सुदीप बरालको छायाङ्कन रहनेछ । चलचित्रमा श्रीकृष्ण बम मल्लको सङ्गीत, उज्ज्वल ढकालको सम्पादन, प्रतीक्षा श्रेष्ठको मेकअप, प्रदीप आचार्य र प्रवीण खत्रीको प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हाल्दै छन् ।

प्रतिक्रिया