योगेशको चेतावनी- परिणाम उल्टो हुने निश्‍चित छ

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीका नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई अध्यक्ष केपी ओलीले गरेको कारबाहीलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।

वरिष्ठ नेता नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरिएकोबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यसबाट उल्टो परिणाम निस्किने चेतावनी दिएका हुन् । ‘कारबाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र हो,’ उनले भने, ‘परिणाम उल्टो हुने निश्चित छ ! फर्कनु नै कल्याण हुने छ !’

प्रधानमन्त्री ओलीले सोमबार पार्टीका वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई अनुशासनको कारबाही गर्दै ६ महिनाका लागि निलम्बन गरेका थिए ।

प्रतिक्रिया