नेपाल र रावल एमाले पार्टी सदस्यबाट निलम्बित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाको लागि पार्टी सदस्यबाट निलम्बन गरेका छन् ।

पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले ६ महिनाका लागि पार्टी साधारण सदस्यबाटै निलम्बन गरेका हुन् । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको अध्यक्ष ओलीले नेपाल र रावललाई पठाएको पत्रमा उल्लेख छ ।

यसैबीच सच्चिएर आएमा निलम्बनको अवधि घटाउन सकिनेसमेत ओलीले पत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया