रोकियो ‘मन सँग मन’ प्रदर्शन

काठमाडौँ । चलचित्र ‘मन सँग मन’ को फस्ट लुक पोस्ट सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन रोकिएको जानकारी दिइएको छ । यस संगै चलचित्र हाल प्रदर्शन नहुने निश्चित भएको हो ।

सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको नयाँ मितिका लागि वितरकसँग सल्लाह भइरहेको बुझिएको छ । सार्वजनिक फस्ट लुक पोस्टरमा कलाकारहरू पुष्प खड्का र वर्षा सिवाकोटीलाई रोमान्टिक अवतारमा देखाइएको छ ।


चलचित्रमा बुद्धि तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास लगायतको अभिनय रहेको छ । चलचित्रमा कैलाश राई को निर्देशन, अरुण तामाङको लगानी छ । सौरभ लामाको छायाङ्कन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेल, दीपक शर्मा र अगम गुरुङको सङ्गीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, सन्तोष खवासको एक्सन चलचित्रमा रहेको छ ।

प्रतिक्रिया