सानेपामा श्रद्धाञ्जलीसभा : नेताहरुद्वारा श्रद्धाञ्जली अर्पण, आजै दाहसंस्कार

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख अग्निप्रसाद सापकोटासहितका नेताहरु कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।

दिवंगत नेता जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न सभामुखसँगै अन्य धेरै नेताहरु सानेपा पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायतका शीर्षस्थ नेताहरु पनि सानेपा पुगेका छन् ।

जोशीको शनिबार नै अन्त्येष्टी गरिँदैछ । जोशीको शुक्रबार राति नर्भिक अस्पतालमा निधन भएको हो ।

प्रतिक्रिया