महेश्वर शर्माको ‘जादु’ सार्वजनिक

काठमाडौँ । कवि तथा गीतकार महेश्वर शर्माको रचनामा गीत ‘जादु’ सार्वजनिक भएको छ । गीतमा राजेश पायल राई तथा मेलीना राईको स्वर रहेको छ भने आनन्द राईको सङ्गीत छ । सङ्गीत संयोजन महाराज थापाको रहेको छ । भिडियो निर्देशन युवराज वाईबाले गरेका हुन् । सम्पादन विकास दाहालले गरेको भिडियो छायाङ्कन निश्चल पौडेल तथा दीपेन्द्र भट्टको रहेको छ । भिडियोमा पुष्प खड्का र एलिशा राईको अभिनय रहेको छ । साथै महेश्वर शर्मा तथा सोनम पाण्डे शर्मालाई समेत केही दृश्यमा देख्न सकिनेछ ।

प्रतिक्रिया