जोशीको पार्थिव शरीर घर लगियो [भिडियो]

काठमाडौँ । नेपाली कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अस्पतालबाट घर लगिएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जोशीको शुक्रबार राती नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।जोशीको पार्थिव शरीर अस्पतालबाट काठमाडौँको ढोका टोलस्थित घर लगिएको हो । त्यहाँबाट पुनः पार्टी कार्यालय सानेपा अन्तिम श्रद्धाञ्जलीका लागि लैजाने तयारी रहेको कांग्रेसले जनाएको छ ।

https://www.facebook.com/makalukhabar/videos/3954694591257620 

प्रतिक्रिया