तुवाँलोका कारण त्रिभुवन विमानस्थलमा उडान–अवतरण अवरुद्ध

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका सम्पूर्ण उडान अवतरण दिउँसो २ बजेदेखि स्थगित गरिएको छ । शुक्रबार मध्यान्नपछि तुँवालो लागेपछि उडान–अवतरण स्थिगित गर्नुपर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाका अनुसार भिजिबिलिटी कम भएकाले उडान अवतरण हुन सक्ने अवस्था छैन ।

‘तुँवालोका कारण भिजिविलिटी एक हजार मिटर अर्थात एक किलोमिटर मात्रै छ,’ शाखाका एक अधिकारीले भने, ‘यो कमजोर भिजिबिलिटीमा उडानभन्दा पनि अवतरणमा समस्या हुन्छ ।’

साँझ ६ बजेसम्मका लागि उडान अवतरण स्थगित गरिएको विमानस्थल कार्यालय जनाएको छ ।
विमानमा उडान अवतरण राेकिएपछि विभिन्न ठाउँबाट काठमाडाैंका लागि उडेका विमानलाई डाइभर्ट गरेर अरु विमानस्थलमा पठाइएकाे त्रिभुवन विमानस्थल कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया