डिशहोमको रिचार्जमा ईन्टरनेट सित्तैमा

काठमाडौं । अब डिशहोमका ग्राहकहरुले डिशहोमको रिचार्ज गर्दा १० एमबिपीएस इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् ।

डिशहोम फाइबर नेटले सेवा सुरु गरेसँगै फाइबरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले यस अफर बाट फाइदा लिन सक्ने डिशहोमले जनाएको छ ।

डिशहोमकोे रिचार्ज गरी मासिक, त्रैमासिक अर्धवार्षिक वा वार्षिक रिचार्जमा सोही अवधिका लागि १० एमबिपिएस स्पीडको इन्टरनेट निःशुल्क प्रयोग गर्न सक्ने पनि जनाइएको छ ।

ग्राहकहरुले फ्री-ईन्टरनेट सेवासँगै आफ्नै मोबाइलमा डिशहोम गोमार्फत् ७० भन्दा धेरै च्यानलहरुका साथै भोड मार्फत् नयाँनयाँ मनोरञ्जनात्मक कार्यक्रमहरू हेर्न सक्ने डिशहोमले जनाएको छ ।

डिशहोम गो मार्फत् ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरुको आनन्द लिन सक्ने डिशहोमले विश्वास लिएको छ ।

साथै एक्स भोडमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू अतिरिक्त शूल्कबिना नै हेर्न सकिने डिशहोमले जनाएको छ ।

नेपालमै टिभीको रिचार्ज गर्दा इन्टरनेटलगायत डिशहोम गो, डिशहोम गो वेब र एक्स भोड मा उपलब्ध गराउने डिशहोम पहिलो कम्पनी बन्न सफल भएको डिशहोमले जनाएको छ ।

 

प्रतिक्रिया