विपक्षी एमालेको केन्द्रीय कमिटी बैठक जारी, संसदीय दलको बैठक जाने/नजानेबारे छलफल

काठमाडौं । विपक्षी एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । कलंकीस्थित मेघा पार्टी प्यालेसमा बसिरहेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो ३ बजेका लागि बालुवाटारमा आह्वान गरेको ससंदीय दलको बैठकमा जाने कि नजाने भन्नेबारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।

बैठकको शुरुमा द्वयनेता झलनाथ खनाल र माधवकुमार नेपालले पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ् गरेका थिए ।
यसअघि सत्तापक्षीय एमालेले नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यता नेपालले पनि जवाफसहित ओलीलाई ‘एकलौटी निर्णय किन गरेको’ भनि सोधेका छन् । नेता नेपाललाई ओलीलाई बिहीबार नै स्पष्टीकरण बुझाएका हुन् ।

प्रतिक्रिया