‘ब्रेक अप’ सार्वजनिक

काठमाडौँ । गीत ‘माया गरौँला’ को दोस्रो भाग ‘माया गरौँला २’ (ब्रेक अप) रिलिज भएको छ । किरण भुजेल र समीक्षा अधिकारीको स्वर रहेको गीतमा तिलक चन्दको शब्द र कृष्ण भारद्वाजको सङ्गीत रहेको छ ।गीत जीवन बडूले सङ्गीत संयोजन गरेका हुन् । भिडियोमा पुष्प खड्का, वर्षा राउत, सागर लम्साल ‘बले’ र आँचल शर्माको अभिनय रहेको छ । विक्रम स्वारको कन्सेप्ट कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेती र उनको टिमले खिचेका हुन् । भिडियोलाई सुवर्ण दुलालले सम्पादन गरेका छन् भने निर्देशक सरोज ओली हुन् ।

प्रतिक्रिया