दया र प्रकृति अभिनित चलचित्र ‘बिहे पास’ छायांकनमा

काठमाडौँ । चलचित्र ‘बिहे पास’ फ्लोरमा गएको छ । विराटनगरस्थित एक मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको निर्देशक प्रवेश पौडेलले जानकारी दिए । चलचित्रको छायांकन विराटनगर आसपास हुनेछ ।

चलचित्रमा दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहनेछ । रोहित कट्टेलको प्रस्तुतिमा तयार हुने यो चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठ र सह-निर्माता ग्याल्जेन लामा हुन् । चलचित्रमा आकाश बराल, सजन काफ्ले र मुर्रे केरको लेखन रहेको छ ।

अस्ट्रेलियामा रहेकी प्रकृति ६ वर्षपछि अभिनयका लागि नेपाल फर्किएकी हुन् ।

प्रतिक्रिया