नासा नेपालमा जिम्मेवारी हेरफेर

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोशिएसन (नासा) का पदाधिकारीहरुको जिम्मेवारी फेरबदल भएको छ ।

गत हप्ता बसेको कार्यसमितिको बैठकले उपाध्यक्ष मेघराज पौड्याल र महासचिव आशिष गजुरेलले आफ्नो व्यक्तिगत कारण देखाई दिएको राजीनामा स्वीकृत गरेपछि रिक्त उपाध्यक्ष र महासचिव पदमा क्रमशः अनिल कुमार बराल र सुशील तण्डुकारलाई मनोनयन गरेको छ ।

हाल यस संघको केन्द्रीय कार्यसमितिमा अध्यक्षमा दशरथ रिसाल, उपाध्यक्षमा सिताराम न्यौपाने र अनिल कुमार बराल, महासचिव (का.वा.)मा सुशील तण्डुकार, सचिवमा निरज खड्का क्षेत्री र सन्तोष प्रसाद न्यौपाने, कोषाध्यक्षमा धान्यमणी नेपाल, सह-कोषाध्यक्षमा प्रकाश कपुरी तथा सदस्यहरुमा क्रमशः नारायण कुमार भट्टराई, रामकुमार शाही ठकुरी, जिस्वाँ तुलाधर, सजल कार्की,सञ्जु बज्राचार्य, रमेश सिलवाल, दिप्रश शाक्य, बिनोद तण्डुकार र एक राखेप प्रतिनिधि रहेका छन् ।

यसअघि नै सचिवमा सन्तोष प्रसाद न्यौपाने, सह-कोषाध्यक्षमा प्रकाश कपुरी तथा सदस्यहरूमा सञ्जु बज्राचार्य, रमेश सिलवाल, दिप्रस शाक्य र बिनोद तण्डुकारलाई मनोनयन गरिएको थियो ।

प्रतिक्रिया