शिव श्रेष्ठ र गौरी मल्ललाई लिएर चलचित्र बनाउँदै शोभित

काठमाडौँ । चलचित्र ‘डाँडाको वरपीपल’ को बिहीबार राजधानीमा मुहूर्त गरिएको छ । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा बन्ने चलचित्रमा शोभित बस्नेतको निर्देशन रहनेछ ।

चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, राजीवजंग बस्नेत, यसराज गहतराज अभिनयका लागि अनुबन्ध गरिएकाे छ । चलचित्रमा सुशान्त प्रजापतिको छायाङ्कन, रामकाजी घिमिरेको लेखन तथा शिव मुखिया र अर्जुन पोखरेलको सङ्गीत रहने छ ।

यस्तै रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य निर्देशन रहने छ । नवराज गिरीको गीत रहने चलचित्रमा रामजी राउत मुख्य सहायक निर्देशन छन् । ७५ दिनको छायाङ्कन तालिका रहेको चलचित्र काठमाडौँ,  पूर्वी नेपाल, से फोक्सुन्डो ताल लगायत क्षेत्रमा खिचिनेछ ।

प्रतिक्रिया