चैत २० बाट ‘गुड फ्रेन्ड’ प्रदर्शन हुने

काठमाडौँ । चैत २० गतेबाट देशभर चलचित्र ‘गुड फ्रेन्ड’ प्रदर्शन हुने भएको छ । कोभिड- १९ का कारण थलिएका चलचित्र हलहरूले लामो समयपछि नयाँ चलचित्र प्रदर्शनको मौका पाएका छन् । तर यही समयमा स्वास्थ्य मन्त्रालयले भिडभाड नगर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयको विज्ञप्तिको पालना गर्दै चैत २७बाट प्रदर्शनमा आउने भनिएको चलचित्र लप्पन छप्पन २ भने अनिश्चित कालका लागि रोकिएको छ ।

समसामयिक प्रेमकथामा आधारित एक्सन प्रधान चलचित्र ‘गुड फ्रेण्ड’ मा पम्फा बर्मा र फारुबी बर्माको निर्माण रहेको छ ।

बिजी बर्मा फिल्मस् प्रालिको लागि वसन्त बर्मा प्रस्तुतकर्ता रहेको चलचित्रमा मुकेश ढकाल, सविना कार्की, एलबी कटुवाल, वसन्त बर्मा, राजन महर्जन, पूजा महर्जन, राज सिंह लगायतको अभिनय रहेको छ ।

प्रदीप खड्काको द्वन्द्व रहेको चलचित्रमा सङ्गीत ध्रुव बिश्कोले गरेका हुन् ।  नृत्य निर्देशनको जिम्मा अजय स्याङ्तान र राजन महर्जनले सम्हालेका छन् भने निर्देशन राजबहादुर सानेले गरेका हुन् ।  छायाङ्कन केशव अधिकारी र सरोज महर्जनको रहेको छ ।

प्रतिक्रिया