तोड्ला त नेपालले गोलको खडेरी ?

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमबारे एउटा भनाइ छ ‘टिमले मन जित्यो तर खेल जितेन ।’ हुन पनि खेल राम्रो खेलेर जितिने भनेको मन नै हो खेल जित्नलाई त गोल गर्नुपर्छ । नराम्रै खेले पनि गोल गरे खेल जितिन्छ, राम्रै खेले पनि गोल नगरे खेल जितिन्न । र, राष्ट्रिय पुरुष फुटबल नेपाली टिमले गोल नगरेको २० महिना भयो । यो अवधिमा नेपाली पुरुष राष्ट्रिय टिमले ५ खेल खेल्यो । पाँचै खेल जितेन । चार खेलमा ११ गोल खायो । र, एक खेलमा गोल खाएन । यसलाई उपलब्धि मान्नै पर्‍यो ।

२०७६ साल भदौ २४ गते चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको नेपालले त्यसयता खेलेका पाँचै खेलमा गोल गर्न सकेको छैन । गोल नगरेपछि खेल जित्ने कुरै भएन । यो अवधिमा नेपालको उपलब्धि भनेको एक खेलमा गोल नखानु र त्यो खेल बराबरीमा टुंग्याउनु हो ।

चाइनिज ताइपेईसँग खेलेपछि नेपालले विश्वकप र एसियाकप छनोटअन्तर्गत अष्ट्रेलियासँग ५-०, जोर्डनसँग ३-० र कुवेतसँग १-० को हार व्यहोर्‍यो । यस्तै गएको नोभेम्बरमा बंगलादेशसँग उसकै मैदानमा भएको मैत्रीपूर्ण दुई खेलमध्ये पहिलो खेलमा

नेपालले थ्री नेसन्स कपमा बिहीबार किर्गिस्तानको २३ वर्षमुनीको टोलीसँग खेल्दैछ । र नेपाललाई घरेलु मैदान र समर्थकको फाइदा हुनेछ । यो फाइदा आत्मसाथ गर्न सके नेपालले गोलविहीन २० महिने यात्रामा पूर्णविराम लगाउनेछ ।

खेल बेलुका साढे ५ बजेपछि दशरथ रङ्गशालामा शुरु हुनेछ । नेपालको सिनियर टोली र किर्गिस्तानको ओलम्पिक टोली पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।

प्रशिक्षक बालगोपाल महर्जन प्रतियोगिताका लागि मनग्ये तयारी गरेकाले नेपालले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गर्छन् । तर भनेजस्तो सजिलो भने छैन । नेपालका केही खेलाडी चोटका कारण मैदान बाहिर छन् । विमल घर्ती मगर उपचार गराइरहेका छन् भने स्ट्राइकर नवयुग श्रेष्ठ अन्तिम २३ मै पर्न सकेनन् ।

नेपालले पछिल्लोपटक चाइनिज ताइपेइलाई घरेलु मैदानमा हराउँदा नेपालका लागि दुवै गोल अन्जन विष्टले गरेका थिए ।

अञ्जनसहित नेपाली टिमका स्ट्राइकरहरु दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास को काँधमा गोलको खडेरी तोड्ने मूख्य जिम्मेवारी छ  ।

त्यसो त उनीहरुसँगै मिडफिल्डरको रुपमा त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोक राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान हुनेछन् ।

यसैगरी डिफेन्डरहरु रन्जित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ पनि टिममा छन् ।

प्रशिक्षक बालगोपाल महर्जनले खेलमा कुन रणनीति अपनाएर प्लेइङ इलाभेनमा कुन कुन खेलाडीलाई उतार्ने हुन् त्यो खेल शुरु हुनुभन्दा केही अघि मात्र थाहा हुनेछ ।

नेपाली टीमले सात भूकम्पपछि पहिलोपटक दशरथ रंगशालामा खेल्न लागेको हो । नेपालले २०७१ सालको चैत ३ गते भारतसँग दशरथ रंगशालामा खेलेको थियो । त्यसयता नै नेपालको रंगशालामा पहिलो खेल हो ।

भुकम्पपछि पुनर्निर्माण गरिएको रंगशालामा १३ औँ दक्षिण एशियाली खेलकुदअन्तर्गत फुटबलको प्रतिस्पर्धा भएपनि सागमा राष्ट्रिय टिमले नभइ २३ बर्षमुनिको टिमले खेल्ने भएकाले राष्ट्रिय टिम २०७१ चैत ३ पछि पहिलोपटक आज दशरथ रंगशालामा उत्रन लागेको हो ।

नेपाली टिम
गोलकिपर :  किरण चेम्जोङ ९कप्तान०, विकेश कुथु, दीप कार्की ।
डिफेन्डर : रन्जित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ ।
मिडफिल्डर : त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोक राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान ।
फरवार्ड : अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास ।

  • सम्बन्धित समाचार

-नेपाली राष्ट्रिय टिम भूकम्पपछि पहिलो पटक दशरथ रंगशालामा उत्रँदै
-थ्री नेसन्स कपका लागि नेपाली टिम घोषणा

प्रतिक्रिया