थ्री नेसन्स कपका लागि नेपाली टिम घोषणा

काठमाडौं । थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

मुख्य प्रशिक्षण बालगोपाल महर्जनले प्रतियोगिताको लागि २३ सदस्यीय टिम घोषणा गरेको हो । जसमा विराज महर्जनले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । विराज महर्जनले यहि प्रतियोगिताबाट सन्यास लिने भनिएको छ ।

मंगलबारबाट सुरु भएको थ्री नेसन्स कपमा नेपालले आफ्नो पहिलो खेल बिहीबार कीर्गिस्तानको यु–२३ टिमसँग खेल्दैछ । लिग चरणको अन्तिम खेलमा नेपालले १४ गते बंगलादेशसँग खेल्नेछ ।

प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन् ।

नेपाली टिम:

गोलकिपर : किरण चेम्जोङ (कप्तान), विकेश कुथु, दीप कार्की ।

डिफेन्डर : रन्जित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ ।

मिडफिल्डर : त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोक राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान ।

फरवार्ड : अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास ।

प्रतिक्रिया