‘ए’ निर्देशक कटुवाल दुर्घटनामा

काठमाडौँ । निर्देशक भोमन कटुवाल दुर्घटनामा परेर घाइते भएका छन् । बुधवार चलचित्र ‘ए’ को छायाङ्कन गर्न जाने क्रममा कुपन्डोलमा उनी चढेको मोटरसाइकल दुर्घटनामा परेको हो ।

अगाडीबाट आइरहेको साइकललाई जाेगाउन खोज्दा उनी दुर्घटनामा परेका हुन् । उनलाई घुँडामा चोट लागेका कटुवालकाे नेपाल नेशनल अस्पताल कलङ्कीमा उपचार भइरहेको छ ।

चलचित्र यूनिटका अनुसार अहिले उनको अवस्था सामान्य छ । भोमन दुर्घटनामा परेसँगै चलचित्रको छायाङ्कन भने केही समयको लागि रोकिएको छ ।

प्रतिक्रिया