थ्री नेसन्स कप : फाइनल पुग्ने लक्ष्यमा नेपाल

काठमाडौं । आयोजक नेपालले थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज कीर्गिस्तानको यु-२३ टिमसँग प्रतिस्पर्धा गर्दैछ । कीर्गिस्तानको यु-२३ टिमलाई पराजित गर्दै एक खेलअघि नै नेपाल फाइनलमा पुग्ने लक्ष्यमा छ ।

दशरथ रंगशालामा नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानको युवा टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल साँझ ५ः३० बजे सुरु हुँदैछ । नेपालले कीर्गिस्तानको यु-२३ टिमलाई हराए फाइनलमा स्थान बनाउने छ । तर कीर्गिस्तानको यु-२३ टिमसँग बराबरी खेलमा फाइनल पुग्ने टिमको टुंगो बंगलादेश र नेपालबीचको खेलले लाग्नेछ ।

मंगलबार भएको पहिलो खेलमा बंगलादेशले कीर्गिस्तानको यु-२३ टिमलाई १-० गोलले पराजित गरेको थियो । नेपालले किरण चेम्जोङको नेतृत्वमा प्रतियोगिता खेल्दैछ। थ्री नेसन्स कप खेल्न आइलिग खेलिरहेका कप्तान किरण चेम्जोङ नेपाल आइसकेका छन् ।

१६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा नेपालले चैत १४ गते बंगलादेशसँग खेल्नेछ । अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन् ।

  • सम्बन्धित समाचार

-नेपाली राष्ट्रिय टिम भूकम्पपछि पहिलो पटक दशरथ रंगशालामा उत्रँदै
-थ्री नेसन्स कपका लागि नेपाली टिम घोषणा

प्रतिक्रिया