समाधान भयो पठाओको प्राविधिक समस्या

काठमाडौं । पठाओको राइडिङ एपमा आएको प्राविधिक समस्या समाधान भएको छ । सोमबार साँझ नयाँ बसपार्कमा पठाओको राइडर कुटिएको समाचारपछि पठाओको राइडिङ एपमा समस्या देखिएको थियो ।

पठाओको मोटरसाइकल र स्कुटरको प्रयोग अवरुद्ध भएता पनि पठाओको ट्याक्सी र फूड डेलिभरी भने चलिरहेको थियो ।

पठाओ व्यवस्थापकले रुट अपडेट गर्ने क्रममा समस्या आएको बताएका थिए । पठाओकी बजार प्रमुख सुरक्षा हमालले अब एपमा समस्या नरहेको र पुन सेवाग्राहीले सेवा प्राप्त गरिसकेको जानकारी मकालु खबरलाई दिएकी छन् ।

प्रतिक्रिया