रोकियो ‘लप्पन छप्पन २’ प्रदर्शन

काठमाडौँ । चलचित्र ‘लप्पन छप्पन २’ को प्रदर्शन रोकिएको छ । यही चैत्र २७ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने भनिएको चलचित्रको प्रदर्शन हाललाई स्थगित गरिएको हो ।

चलचित्रका निर्देशक मुकुन्द भट्टले स्वास्थ्य मन्त्रालयको प्रेस विज्ञप्तिलाई मध्यनजर गरेर चलचित्र प्रदर्शन नगर्ने बताएका हुन् । चैत ८ गते सार्वजनिक विज्ञप्तिमा स्वास्थ्य मन्त्रालयले भिडभाड नगर्न साथै जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको थियो । भारतमा कोरोनाको सङ्क्रमण बढ्दो छ । खुला सिमानाका कारण नेपालमा बढ्न सक्ने सङ्क्रमणलाई ध्यानमा राख्दै मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।

चलचित्र कैले प्रदर्शन हुने भन्ने टुङ्गो नलागेको समेत निर्देशक भट्टले बताएका छन् ।

भट्टको लेखन तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना लगायतको अभिनय छ । खिलेन्द्रराज तिमल्सिनाको प्रस्तुति रहेको चलचित्रको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्र एकसाथ ६ भाषामा प्रदर्शनमा आउने तयारीमा थियो ।

प्रतिक्रिया