पठाओको बाइक-स्कुटर सेवा अवरुद्ध‚ व्यवस्थापन भन्छ- प्राविधिक समस्याले हो

काठमाडौं । ट्राफिक प्रहरीले पठाओ राइडरमाथि कडा निगरानी राख्दै व्यवस्थापन गर्ने निर्णय गरेपछि मंगलबार दिउँसोबाट पठाओ एपमा मोटरसाइकल र स्कुटरको सेवा अवरुद्ध भएको छ । पठाओको ट्याक्सी सेवा भने अझै उपलब्ध भइरहेको छ ।

पठाओमा आएको प्राविधिक समस्याका कारण मोटरसाइकल र स्कुटरको सेवा अवरुद्ध भएको पठाओकी बजार प्रमुख सुरक्षा हमालले मकालु खबरलाई जानकारी दिएकी छन् । २४ घण्टा हुनैलाग्दा पनि समाधान नहुने कस्तो प्राविधिक समस्या हो भन्ने जिज्ञासामा हमालले पठाओको रुट अपडेट गर्न लागेको समेत जानकारी गराएकी छन् ।

हमालले अझै प्रस्ट्याइन्, ‘हामी पठाओ राइडको रुट अपडेट गर्दैछौँ । ठ्याक्कै यति नै समय लाग्छ भन्ने निश्चित छैन । सेवाग्राही प्रभावित भएको बुझेका छौँ । सकेसम्म छिटो सञ्चालनमा ल्याउँछौँ । आज बेलुका वा भोलि नै सम्म पनि लाग्न सक्छ ।’

प्रतिक्रिया