इंग्ल्यान्डविरुद्ध भारतको जित

काठमाडौं । इंग्ल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा भारतले जित निकालेको छ । मंगलबार भएको खेलमा भारतले इंग्ल्यान्डलाई ६६ रनले पराजित गरेको हो ।

घरेलु टिम भारतले विश्वविजेता इंग्ल्यान्डलाई सहजै पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ३१७ रन बनाएको थियो । भारतको उच्च रनमा शिखर धवनले उत्कृष्ट ब्याटिङ गरे । उनले १०६ बलमा ११ चौका र दुई छक्का प्रहार गर्दै ९८ रन बनाए । त्यस्तै, केएल राहुलले अविजित ६२ रन बनाउँदा क्रुनाल पाण्ड्याले अविजित ५८ र कप्तान विराट कोहलीले ५६ रनको योगदान दिए ।

बलिङतर्फ इंग्ल्यान्डका बेन स्टोक्सले तीन र मार्क वोडले दुई विकेट लिए ।

३१८ रनको उच्च लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले ४२.१ ओभरमा सबै विकेटको क्षतिमा २५१ रन मात्रै बनाउन सक्यो । इंग्ल्यान्डका जोनी बैरस्टवले ९४, ज्यासन रोयले ४६, मोइन अलीले ३० र कप्तान इयोन मोर्गनले २२ रन बनाएपनि हारबाट टिमलाई जोगाउन सकेनन् ।

बलिङतर्फ भारतका प्रसिद्ध कृष्णले चार विकेट लिए । उनको यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेल हो । शार्दुल ठाकुरले तीन र भुवनेश्वर कुमारले दुई विकेट लिए ।

प्रतिक्रिया