चलचित्र ‘लभ काईट’ शुभमुहुर्त

काठमाडौँ । ललित कुमार थापाको निर्देशनमा चलचित्र ‘लभ काईट’ बन्ने भएको छ । राजदेवी प्रोडक्सन इन्टरटेनमेन्ट प्राली को प्रस्तुति र प्रियल फिल्मस्को सहकार्यमा मनोज राराहाङ राईले चलचित्र निर्माण गर्न लागेका हुन् । भक्तपुरको दुर्गा माई मन्दिरमा मङ्गलवार चलचित्रको शुभमुहुर्त गरिएको छ भने चलचित्र यही चैत २0गतेबाट छायाङ्कनमा जानेछ ।

निर्देशक थापाकै कथा रहने चलचित्रको स्क्रिप्ट समेत थापाकै रहेको छ । चलचित्रमा पूर्णिमा खालिङ राईको लगानी रहने छ ।नयाँ अनुहारको बाहुल्यता रहेको चलचित्रलाई पूर्वी नेपालमा छायाङ्कन गरिने छ । चलचित्रमा कलाकारहरू प्रीतिका शर्मा, मनोज राराहङ राई, राजन सिङ श्रेष्ठ  लगायत कलाकारहरूको अभिनय रहनेछ ।


प्रतिक्रिया