डार्लिङमा जयकिशन र अस्मिता

काठमाडौँ – चलचित्र लोभी पापीको गीत डार्लिङ सार्वजनिक भएको छ । गीतमा रिना तिमिल्सिना र ओम सुनारको स्वर रहेको छ भने ओमकै शब्द र सङ्गीत छ । भिडियोमा जयकिशन बस्नेत र अस्मिता जुरेली फिचर्ड छन् ।

रिलिजको तयारीमा रहेको चलचित्रमा जयकिशन बस्नेत, रोशन श्रेष्ठ, अस्मिता जुरेली, किरण बानियाँ, टेकेन्द्र न्यौपाने, विशाल पहाडीको अभिनय छ । अमन मियाँ र सत्यम अधिकारी निर्माता रहेको चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व, बन्दे प्रसादको सम्पादन र जय दर्लामी मगरको छायाङ्कन छ । चलचित्र शिवम अधिकारीले निर्देशन गरेका हुन् ।

मोसन स्टुडियोमा पोस्ट प्रोडक्सनको काम चलिरहेको चलचित्रको प्रस्तुत कर्ता मोसन स्टुडियो नै रहेको छ ।

प्रतिक्रिया