नाजिर र सुरविनाको माया कसरी बस्यो ? (भिडियो)

काठमाडौँ । निकेश खड्काको निर्देशनमा गीत ‘के यस्तो माया बस्यो नि’ सार्वजनिक भएको छ । गीतमा द भोइस अफ नेपालबाट चर्चामा आएका बल बहादुर राजवंशी र नेपाल आइडलकी सज्जा चौलागाईंको स्वर रहेको छ । हरि लम्सालको शब्द, सङ्गीत रहेको गीत विकास धमलाले सम्पादन गरेका हुन् । गाउँले परिबेसमा खिचिएको भिडियो आकर्षक छ । भिडियोमा नाजिर हुसेन र सुरविना कार्की फिचर्ड छन् भने शृङ्गार समारा जोशीको रहेको छ । भिडियो छायाङ्कन बुद्ध थापाले गरेका हुन् ।

प्रतिक्रिया