हरिहरको शो निर्देशन गर्दै नीता

काठमाडौँ । अभिनेत्री नीता ढुङ्गानाले ज्योतिष तथा नायक हरिहर अधिकारीले सञ्चालन गर्ने शो निर्देशन गर्ने भएकी छन् । ‘द हरिहर अधिकारी शो’ टेलिभिजनमार्फत आउने तयारी रहेको छ ।

हरिहर र निताको प्रेमको चर्चा बेला बखत सामाजिक सञ्जाल तथा समाचारमा आइरहेका हुन्छन् । तर, उनीहरू खुलेर प्रेम सम्बन्ध स्वीकार गरेका भने छैनन् ।

अब उनीहरूबिच व्यावसायिक सहकार्य भने हुन लागेको छ । नीताको निर्देशनमा बनेको ‘द हरिहर अधिकारी शो’को केही भाग खिचिसकिएको जानकारी आएको छ । जसमा रेखा थापा, कोमल ओली अतिथि रहेको समाचार बाहिरिएको छ । शो कहिलेबाट प्रसारण हुने भन्ने जानकारी प्राप्त भएको छैन ।

नीताकै निर्देशनमा ‘श्रीमद्भागवत गीता’ वेब सिरिज निर्माणको तयारी समेत भइरहेको छ ।

प्रतिक्रिया